Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तनहुँमा बस दुर्घटना हुँदा ३४ जना घाइते


    शनिबार, कार्तिक १८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा आज बिहान ५:१० बजे बस दुर्घटना भएको छ । व्यास-१२ कमलबारीमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

    डुम्रेबाट पोखरातर्फ आउँदै गरेको ना५ख१७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा बस चालकसहित ३४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहनबहादुर खाँणले बताए ।

    उक्त दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल, पोखरा र चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार