Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई माओवादीको निर्देशन


    शनिबार, कार्तिक १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएको छ ।

    महासचिव देव गुरुङले एक विज्ञप्ति जारी गर्दै तत्काल उद्धार र राहतमा जुट्न पार्टीका नेता कार्यकर्ता तथा सङ्घ सङ्गठनलाई निर्देशन दिएका हुन् ।

    भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले सिङ्गो पार्टीलाई मर्माहत बनाएको भन्दै मृतक प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै पार्टीले प्रभावकारी उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको समेत ध्यानाकर्षण गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार