Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस एक ढिक्का र मजबुत छ: सभापति देउवा


    शुक्रबार, कार्तिक १७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस अहिले एक ढिक्का रहेको बताएका छन् । बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    पार्टीमा पहिलेजस्तो असन्तुष्टि र गुनासो नरहेको भन्दै उनले आएका छिटपुट गुनासा सम्बोधन हुने बताए । देउवाले संविधान कार्यान्वयनमा कांग्रेस अझै एकताबद्ध हुन जरुरी रहेको बताए । उनले बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले संविधानको पूर्ण कार्यान्वयनमा कांग्रेस प्रतिबद्ध रहेको सुनाए ।

    ‘संविधानका विषयमा गुनासा छन् । तर सम्बोधन गर्नै नसक्ने खालका छैनन्,’ उनले भने, ‘जसले जे भने पनि विश्वास नगरौँ । यो संविधान कार्यान्वयन गरेरै छोड्छौँ ।’

    सङ्घीयताबारे आएका गुनासालाई स्वाभाविक लिएको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार