विराटनगर। विराटनगर महानगरपालिका–११ पिचरास्थित पशुपति ज्वेलर्स (सुन–चाँदी पसल)मा बिहीबार दिउँसो सरकारी टोलीले छापा मार्दा उक्त संयुक्त अनुगमन टोलीले बरामद गरेको अवैध चाँदी र सुन एक क्वीन्टलभन्दा धेरै रहेको पुष्टि भएको छ ।
भारतबाट भन्सार छली गरेर ल्याइएका सुन–चाँदीका गहना एवं सामग्री बिक्री गर्ने गरेको गोप्य सूचनाका आधारमा विराटनगरस्थित प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले हिजो छापा हानेको थियो ।
सो अनुसार बरामद गरिएको चाँदी र सुन विराटनगर भन्सार कार्यालयमा लगेर तौल लिँदा एक क्वीन्टल बढी रहेको यकिन भएको हो । नेपाल र सशस्त्र प्रहरी, प्रशासन, भन्सार, आन्तरिक राजस्व कार्यालय तथा सुन–चाँदी व्यवसायी संघका प्रतिनिधिलगायतको रहोबरमा नापजोख गर्दा परिणाम यकिन भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले जानकारी दिए ।
उनका अनुसार रसायनसहित तौल लिँदा चाँदीका सामग्री एवं गहना ९९.९४६ किलोग्राम तथा सुनका गहना १५३.८ ग्राम रहेको पुष्टि भएको हो । काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला परेको थियो । ‘चाँदी तथा सुनबाट तयार गरिएका वस्तु जस्ताको तस्तै तौल लिँदा एक क्वीन्टल बराबरको रहेको छ,’ दाहालले भने, ‘त्यसलाई गालेपछि मात्रै यकिन परिणाम थाहा हुन्छ ।’ गालेर गहना तथा विभिन्न सामग्री बनाउँदा प्रयोग गरिएको रसायन छुट्याएपछि मात्रै चाँदी र सुनको वास्तविक परिणाम पत्ता लाग्ने उनले बताए ।
उनका अनुसार बरामद भएको सबै मालवस्तु राष्ट्र बैंकले गालेर परिणाम यकिन गर्ने छ । गालेर चाँदी र सुनको यकिन परिणाम पत्ता लगाउन राष्ट्र बैंकमा पठाउने प्रक्रिया सुरु भएको जानकारी दाहालले दिए । चाँदी र सुनको मूल्य पनि यकिन भइसकेको छैन । नेपाल सुन–चाँदी व्यवसायी संघले त्यसको मूल्य यकिन गर्ने उनको भनाइ छ ।
त्यस्तै, त्यस ज्वेलर्समा छापा हान्दा ठूलो परिणाममा चाँदीबाट बनेका पाउजू, ब्रासलेट, औंठी, दियो, लोहोटा, मूर्ति, टीकादानीलगायतका सामग्री एवं गरगहना बरामद भएको थियो।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend