गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव भेटिएको छ।
गुल्मीको चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।
मनिषाकी आमाका बिहीबार दिउँसो ११ बजेतिर खेतमा काम गरिरहेकाहरुलाई सुर्ति किनिदिन भन्दै उनी पसलमा गएकी थिइन् । अबेलासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी शुक्रबार बिहान मृत फेला परेकी हुन् ।
अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट एसपी नवीन किशोर प्रधानसहितको टोली घटनास्थल पुगेको छ । अनुसन्धान टोली पुगेपछि मात्रै घटनाको विस्तृत विवरण आउने डिएसपी पाण्डेले बताए ।
मृत फेला परेकी मनिषा चन्द्रकोट ५ धुवाँखर्क निवासी हुन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल र अधिकतम संयमता अपनाउनुपर्ने तथा भीड नियन्त्रण गर्नु भनेको नागरिकसँग भिड्नु वा...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend