Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रिगलको कैद माफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश


    बिहिबार, कार्तिक १६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सर्वोच्च अदालतले गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई पुन: पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले जन्मकैदको सजाय पाएका ढकाललाई आममाफी दिने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।

    बाँकेको नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगललाई संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपनि त्यसलाई उल्ट्याउँदै निर्णय बदर गरेको हो।

    आज न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले उक्त निर्णय गरेको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार