Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साझा पार्टीमा प्रवक्ताको जिम्मेवारी पाठकलाई


    शनिबार, असोज २४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  साझा पार्टीले प्रवक्ताको जिम्मेवारी शरदराज पाठकलाई दिएको छ।

    साझा पार्टीले शनिबार पाठकलाई पार्टी प्रवक्तामा नियुक्त गरेको हो। यसअघि पाठक ६ महिनादेखि सहप्रवक्ताको जिम्मेवारीमा दिए।

    प्रवक्ता रहेका सूर्यराज आचार्यले पार्टी छोडेपछि साझाको प्रवक्ता पद रिक्त थियो।  आचार्यले गत असार २८ गते पार्टी परित्यागको घोषणा गरेका थिए।

    प्रवक्तामा नियुक्त पाठक प्रतिनिधिसभा निर्वाचनमा चिवतन क्षेत्र नम्बर ३ बाट पार्टीको उम्मेदवार बनेका थिए। ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि नेपालमा कालिका एफएम र रेडियो अन्नपूर्णको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टिममा रहेका काम गरेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार