काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका ओली र अध्यक्ष प्रचण्डबीच अहिले छलफल भैरहेको छ।
केही समययता मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी कामलाई पूर्णता दिने विषयमा अध्यक्षद्वयबीच छलफल जारी छ। तर, निष्कर्ष भने निस्किन सकेको छैन। बिहीबारको भेटमा पार्टी एकताका विषयमा छलफल भएको थियो।
गत, असोज ६ गते बसेको सचिवालय बैठकले पार्टी एकताका कामलाई पूर्णता दिने विषयमा प्रस्ताव ल्याउने जिम्मेवारी अध्यक्षद्वय र महासचिवलाई दिएको थियो।
१० दिनभित्र एकताको प्रस्ताव ल्याउने जिम्मेवारी दिएपनि अझैसम्म प्रस्ताव तयार भइ नसकेको नेताहरु बताउँछन्।
त्यस्तै ४ गतेको बैठकले मन्त्रिपरिषद् पुनर्गठनका विकल्पका विषयमा छलफल गरेको थियो।
पुनर्गठनका विषयमा सहमति नभएकाले अहिले रिक्त मन्त्रालयहरुमा मात्र मन्त्री नियुक्ति गर्ने गृहकार्य भइरहेको छ। हाल अर्थ, सञ्चार र सहरी विकास मन्त्रालय रिक्त छ। ती मन्त्रालयमा कसलाई मन्त्री बनाउने भन्ने विषयमा दुई अध्यक्षबीच सहमति जुटाउने प्रयास भैरहेको बताइएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend