Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • दाङमा तरकारी बोकेको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


    बुधबार, कार्तिक १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । दाङमा तरकारी बोकेको गाडीको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

    राजपुर गाउँपालिका-२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

    उक्त ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवलाई उपचारका लागि ८ बजे लमही अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए।

    दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेकी राजपुर – २ की २६ वर्षीया सविना यादव घाइते छिन्।

    उनको लमही अस्पतालमा उपचार भइरहेको छ।

    ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार