Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुवातास खेलेको आरोपमा कलाकारहरु समातिए


    बुधबार, कार्तिक १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मैतिदेवीस्थित एक रेष्टुराँमा जुवातास खेलिरहेको अवस्थामा केही कलाकारसहित नौ जना व्यक्ति प्रक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले गत शनिवार नै पक्राउ गरे पनि मंगलवार रातिमात्र यो खबर बाहिरिएको हो ।

    भनिन्छ, शनिबार राति प्रहरीले विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलिले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय २० रूपैयाँ तथा एक बुक ताससहित पक्राउ गरेको थियो ।

    जुवा खेलिरहेको अवस्था प्रहरीले केही लोकप्रिय कलाकारहरुलाई समेत पक्राउ गरेको बताइन्छ । पक्राउ पर्नेहरुमा गजित बिष्ट, शंकरप्रसाद आचार्य, सुलेमान शंकर (इकु), नरेन्द्र बिष्ट, रोशन सिंह, गायक चक्र बम, साहिन मगर, सुरेन्द्र पाल तथा घनश्याम अधिकारी भएको बताइएको छ ।

    जुवाखालबाट पक्राउ परेका उनीहरुलाई थुनामा राखेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका कलाकारहरुलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा थुनामा राखिएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार