काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई आज सार्वजनिक गरिँदै छ।
बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई दिउँसो १ बजे सार्वजनिक गरिने जानकारी दिए।
उक्त हत्यामा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरी सोधपुछ गरेको छ। सोधपुछका क्रममा संलग्नता पुष्टि भएकाहरूलाई बारा प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो।
सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।
प्रिन्सिपल स्वर्णकार दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे। चाउमिन लिएर स्कुल फर्किँदै गरेका बेला स्वर्णकारमाथि उनीहरूले गोली चलाएका थिए।
गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको वीरगंजस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
उनको हत्याको कारण विवाहोत्तर सम्बन्ध भनिएको छ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको जानकारीअनुसार पक्राउ परेकी महिला राधा गुप्ता हुन्। उनी मदरसा टोलमै बसोबास गर्छिन्।
पक्राउ परेका अर्का व्यक्ति भारतीय नागरिक मनोज गुप्ता छन्।
राधा उक्त स्कुलकी पूर्वलेखापाल हुन्। उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। प्रिन्सिपल स्वर्णकार विवाहित हुन्। उनका दुई छोरा छन्।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend