काठमाडौं। चलचित्रकर्मी बिनोद मानन्धरलाई मातृशोक परेको छ । चर्चित अभिनेत्री करिश्मा मानन्धरकी ममतामयी सासू आमा जानकी मानन्धरको ९१ वर्षको उमेरमा दुःखद निधन भएको हो ।
अभिनेत्री मानन्धरका अनुसार सासू आमा मानन्धरको निधन लण्डनमा भएको हो । उनका अनुसार शुक्रवारसम्ममा पार्थिव शरीर नेपाल ल्याएर अत्येष्टि गरिने छ ।
सामाजिक सञ्जालमार्फत अधिकांश चलचित्रकर्मीहरुले दिवंगत जानकी मानन्धरप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
निर्देशक सम्झना उप्रेती रौनियार लेख्छिन्– ‘नेपाली चलचित्रका वरिष्ठ कलाकार, निर्माता आदरणीय बिनोद मानन्धर तथा करिश्मा मानन्धर ज्यु कि ममतामयी आमा र सासु जानकी मानन्धरज्युको महाप्रस्थानको खबरले मर्माहित भएका छौँ । आमाप्रति हार्दिक श्रद्धाञ्जली । आमाको आत्मालाई शान्ति मिलोस् । बिनोद मानन्धर र करिश्मा मानन्धर ज्यु अनि सम्पूर्ण मानन्धर परिवारमा हार्दिक समवेदना ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend