Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टी-२० विश्वकप छनोट: मलेसियाविरूद्ध नेपालले पहिले बलिङ गर्दै


    मंगलबार, कार्तिक १४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले मंगलबार आज दोस्रो खेल मलेसियासँग खेल्दैछ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा टस जितेको मलेसियाले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।

    नेपाली टिममा कुनै परिवर्तन गरिएको छ।

    नेपाली टिम : रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, विवेक यादव, सन्दीप लामिछाने, कुशल मल्ल।

    समूह ‘ए’ मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।

    नेपालले आजको खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ। नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुग्नेछ।

    समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।

    नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ। प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्नेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार