Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुण्डानाइके रिगलको आममाफीविरुद्धको मुद्दा न्यायाधीशहरु खतिवडा, मल्ल र चुडालको इजलासमा


    मंगलबार, कार्तिक १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्यारा रिगल भनेर चिनिने योगराज ढकाललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले दायर गरेको रिटउपर आज सुनुवाइ हुँदैछ ।

    उक्त रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । जम्मा ८ वर्ष जेल बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा बाँकी कैद कट्टाविरुद्ध रिट दर्ता गराएकी थिइन् ।

    त्यस्तै, यसअघि असोज २५ गते तोकिएको पेशी हेर्न नमिल्ने भएर सरेको हो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार