Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरुवा बन्दुकसहित एकजना पक्राउ


    सोमबार, कार्तिक १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • अर्घाखाँची। भूमिकास्थान नगरपालिका-९ निनुखर्क बस्ने २६ वर्षीय विष्णु कुँवरलाई एकनाले भरुवा बन्दुक १ थानसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

    विष्णु कुँवरले आफ्नै बुबालाई घरमा राखेको बन्दुक देखाई काट्छु मार्छु भनेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी धन्चौरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार