Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेनाकाे जहाज चढेर पोखरा पुगे गुटेरेस, नेपाली ढाकाटोपीले स्वागत


    सोमबार, कार्तिक १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा। चारदिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सोमबार दिउँसो पोखरा पुगेका छन् । उनी नेपाली सेनाको जहाजमार्फत पोखरा अवतरण गरेका हुन् ।

    गुटरेसलाई पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । महासचिव गुटरेसको स्वागतका लागि विभिन्न सामाजिक संघ संस्था र सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू नेपालको राष्ट्रिय झण्डा, युएनको झण्डा र विभिन्न किसिमका मौलिक बाजासहित उपस्थित भएका थिए ।

    गुटरसलाई स्वागत गर्न गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित पोखरा महानगरका मेयर धनराज आचार्य लगायत विमानस्थल पुगेका थिए । उनलाई मेयर आचार्यले नेपाली ढाकाटोपी समेत पहिर्याइदिएका थिए ।

    उनले आज फिष्टेल लजमा रात बिताउने छन् भने मंगलवार बिहान अन्नपूर्ण बेसक्याम्प जानेछन् ।

    नेपाल भ्रमणको सिलसिलामा उनी आइतबार नेपाल आएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार