Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेसका पुराना नेता रामबाबु प्रसाईको निधन


    शुक्रबार, असोज २३ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता रामबाबु प्रसाई(खनुपरुदे)को ९९ बर्षको उमेरमा निधन भएको छ ।

    ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि एक साताअघि चावहिलस्थित ओम अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको थियो ।  प्रसाईको आज दिउँसो १२ बजे निधन भएको उनका नाति कुलुप प्रसाईले जानकारी दिएका छन् ।

    प्रसाई २०३३ सालमा वीपी कोइरालासंग मेलमिलापको नीति लिएर स्वदेश फर्कदा संगै फर्किएका थिए । आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर नेपाल फर्किएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार