Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुगुमा एक वर्षका छोरासहित एकै परिवारका ४ जना मृत भेटिए


    शुक्रबार, कार्तिक १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मुगुमा एकै परिवारका चार जनाको शव भेटिएको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा आमा र छोराछोरीको शव फेला परेको हो।

    मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, अर्का १ वर्षका छोरा रहर बोहोरा र ७ वर्षकी छोरी अप्सरा बोहोरा मृत फेला परेका हुन्।

    उनीहरूको शव शुक्रबार फेला परेको प्रमुख जिल्ला अधिकारी थापाले जनाए ।

    ‘आजै शव भेटिएको जानकारी आएको छ, घटना कहिलेको भन्ने अनुसन्धान हुन बाँकी छ,’ उनले भने।

    मुगुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले उनीहरूको शव आफ्नै घरमा फेला परेको बताए।

    यसबारे थप अनुसन्धान सुरू गरिएको डिएसपी थापाले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार