Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई केन्द्रीय सदस्यले साझा पार्टी छोडे


    शुक्रबार, असोज २३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साझा पार्टीका दुई जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । केन्द्रीय सदस्य सिद्धि अर्याल र मानवी पौडेलले पार्टी छोड्ने घोषणा गरेका हुन् ।

    अर्यालले पार्टी परित्याग गरे पनि विकल्पका लागि साथ र सहयोग रहने जानकारी दिए ।

    ‘पुनर्गठित समितिलाई मेरो हृदयदेखी शुभकामना छ । तपाईंहरुसँग विधिले निर्दिष्ट गर्ने राजनीतिको यात्रामा केन्द्रीय सदस्यका रुपमा थोरै समय काम गर्दा सँगालेका अनुभव सदैव मेरा सम्झनामा रहनेछन्’, उनले भने, ‘परिस्थितिवश भौगोलिक रूपमा हालसंगै नरहेपनि संगठित विकल्पकालागि मबाट हुन सक्ने सहयोग गरिनै रहनेछु ।’

    त्यस्तै पौडेलले साझा पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यबाट अलग हुने निर्णय गरेको बताएकी छन् ।

    ‘पार्टीको संस्थापन काल देखिको राजनीतिक यात्रा मेरो जीवनको अविस्मरणीय कालखण्ड रहने छ’, उनले भनेकी छन्, ‘पार्टीमा रहँदाका सदस्य, सहकर्मी साथिहरू र अग्रज नेताहरू सबैमा सहयोग र मार्गनिर्देशका लागि हार्दिक आभार व्यक्त गर्दछु ।’

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार