काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयबिरुद्ध परेको रिटमाथिको सुनुवाई बुधबार हुन सकेन । सर्वोच्च अदालतका एक न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि बुधबारको सुनुवाई स्थगित भएको छ । गौतमको राष्ट्रियसभा सदस्य पदको रिटमा टुंगो नलागेका कारण मन्त्रिपरिषद पुनर्गठन पनि रोकिएको छ । रिक्त रहेका तीन मन्त्रालय सूचना तथा संचार प्रविधि, सहरी विकास र अर्थमन्त्रालयमा मन्त्री नियुक्ति हुने चर्चा केही दिनदेखि चले पनि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति नहुँदा रोकिन पुगेको छ । प्रचण्डले संचार मन्त्रालयको जिम्मा पम्फा भूसाललाई दिनुपर्ने माग राखेपछि सहमति हुन नसकेको बताइन्छ ।
यसैबीच, बुधबार सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाई हुन नसकेपछि उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार नै पुगेका थिए । बुधबार अपराह्न बालुवाटारमा पुगेका गौतमले प्रधानमन्त्री ओलीलाई अदालतमा रिट हाल्ने काम तपाईकै उक्साहटमा भएको हो भनेर गुनासो समेत राखेको स्रोतले बताएको छ । जवाफमा प्रधानमन्त्री ओलीले त्यस्तो नभएको प्रष्ट पारेका थिए । यद्यपि नेपाली कांग्रेस निकट कानुन ब्यवसायी दिनेश त्रिपाठीलाई रिट हाल्न लगाउने काम नेकपाका नेता सुवास नेम्वाङ र महान्यायाधीवक्ता अग्नि खरेलले नै लगाएको चर्चा नेकपा बृत्तमा हुँदैआएको छ । वामदेव गौतमबिरुद्ध परेको रिटको पेशी पटकपटक सारिनु र अब दशैंअघि सुनुवाइ नै नहुने परिस्थिति निर्माण भएपछि यसमा प्रधानमन्त्रीकै मानिसहरुको हात रहेको आशंका नेकपाका नेताहरुले गर्न थालेका हुन् ।
उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनीत गरी उपप्रधानमन्त्रीसहित अर्थ वा गृह मन्त्रालयको जिम्मा दिने चर्चा चल्दैआएको छ । तर रिटमा टुंगो नलागेकै कारण मन्त्रिपरिषद पुनर्गठन नै रोकिन पुगेको छ । जसका कारण अर्थमन्त्रालय भदौ २२ देखि मन्त्रीबिहीन छ ।
यही सन्दर्भमा गौतमलाई थुमथुम्याउन प्रधानमन्त्री ओलीले उनकी धर्मपत्नी तुलसा थापा गौतमलाई मन्त्री बनाउने प्रस्ताव गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार तुलसालाई मन्त्री बनाउने पक्षमा उपाध्यक्ष गौतमले पनि सकारात्मक संकेत देखाइसकेका छन् ।
तुलसालाई भूमिब्यवस्था, गरिबी तथा सहकारी मन्त्रालय, खानेपानी तथा सरसफाइ वा पर्यटन मन्त्रालय दिनुपर्ने माग भए पनि प्रधानमन्त्री ओली भने उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय दिने पक्षमा रहेको स्रोत बताउँछ । यद्यपि अब दशैंतिहारअघि मन्त्रीपरिषद फेरबदल हुने संभावना न्यून छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend