Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्षाको कारण नेपाल र युएईबीचको जारी खेल अवरूद्ध


    मंगलबार, कार्तिक ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एसिसी यू–१९ प्रिमियर कपको उपाधिका मलेसियामा जारी नेपाल र युएईबीचको खेल वर्षाका कारण अवरूद्ध भएको छ। टस जितेर ब्याटिङ गरेको नेपालले युएईलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो।

    तर, वर्षाका कारण खेल हुन सकेको छैन।

    नेपालका लागि कप्तान देव खनाले कीर्तिमानी शतक पूरा गरेका थिए। उनले ९० बलमा शतक रन पुरा गरेका थिए ।

    नेपालले खराब सुरूआत गरेको थियो। नेपालले १४ रन जोड्दा २ विकेट गुमाइसकेको थियो।

    कप्तान खनाल र अर्जुन कुमालले १२५ रनको साझेदारी गरेका थिए। कुमाल २६औं ओभरको पाँचौं बलमा आउट भए। उनले ५५ रनको योगदान दिएका थिए।

    उत्तम थापामगरले पनि अर्धशतक पुरा गरे । पाँचौं विकेटका दिपक डुम्रेका लागि ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए ।

    उता युएईका हरित शेट्टीले ५ विकेट लिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार