Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना उपचार कोषमा एकैैदिनमा एक अर्बभन्दा बढी जम्मा


    बिहिबार, चैत्र २० २०७६
    810
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २० चैत । भारतका उद्योगी तथा ब्यापारीले कोरोना भाइरसको संक्रमण रोक्न खडा गरिएको सरकारी कोषमा ठूलो रकम सहयोग गर्दा नेपालका उद्योगी तथा ब्यापारीहरु भने देखिएका छैनन् । 

    उद्योगी ब्यापारीले सहयोग नगरे पनि कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा ब्यापारीहरुको बिहीबार एक अर्ब भन्दा बढी रकम संकलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजना भएको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तथा कोषका सदस्य सचिव नारायणप्रसाद विडारीले कोषमा जम्मा गरेका हुन् ।  

    कोरोना रोकथाम तथा नियन्त्रण कोषमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल आयल निगमले ५० करोड र नेपाल फेडफरवार्डस एसोसिएसनले ७ लाख ६ हजार १ सय १ रुपियाँ सहयोग गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत नेपाल दूर सञ्चार प्राधिकरणले १५ करोड र नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले १२ करोड सहयोग गरेको छ ।

    अर्थ मन्त्रालयअन्तर्गतका नेपाल धितोपत्र बोर्डले ३ करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ करोड, नेपाल स्टक एक्चेन्जले ३ करोड ५१ लाख, नागरिक लगानी कोषले २ करोड, क्लियरिङ र डिपोजिट कम्पनीले १ करोड ३५ लाख, बिमा समितिले पाँच करोड, राष्ट्रिय बिमा संस्थानले एक करोड, कर्मचारी सञ्चय कोषले पाँच करोड, राष्ट्रिय बाणिज्य बैंकले १ करोड ८५ लाख, नेपाल बैंकर्स संघले २० करोड रुपियाँ सहयोग गरेका छन् ।

    कोषमा रकम जम्मा गर्नका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ । खाताको सञ्चालन महालेखा नियन्त्रकको कार्यालयबाट हुन्छ । कुनै पनि निकायले कोषको खर्च गर्नका लागि अर्थ मन्त्रालयलाई लेखी पठाउनुपर्ने समारोहमा बोल्दै अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी गराएका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार