काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वमाओवादीतर्फका तीन जनाबाहेक अन्य मन्त्री हटाउने निश्कर्षमा पुगेका छन् ।
आफू निकट नेताहरुसँगको परामर्शपछि प्रचण्डले तीन जनाबाहेक सवै मन्त्री हटाउन र नयाँ पठाउन निश्कर्षसहित अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाम दिएका स्राेतले बतायाे ।
खुमलटार स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष प्रचण्डले बुहारी बीना मगरसहित गृहमन्त्री रामबहादुर थापा र उर्जामन्त्री बर्षमान पुनबाहेक पूर्वमाओवादीका सवै मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई प्रस्ताव गरेका छन् ।
कार्यकारी अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन् । प्रचण्डको यस प्रस्तावअनुसार मन्त्रिपरिषद हेरफेर भए शिक्षामन्त्री गिरिराजमणि पोखरेल, बनमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव सरकारबाट बाहिरिने छन् ।
प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्याएको बेला प्रचण्डले यस्तो प्रस्ताव गरेका खुमलटार स्रोतको भनाई छ । यस्तै प्रचण्डले पाँच जनालाई मन्त्री बनाउन पनि प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री ओलीसँगको छलफलमा कार्यकारी अध्यक्ष प्रचण्डले यादवसहित पम्फा भुषाल, जनार्दन शर्मा, देव गुरुङलाई मन्त्री बनाउनै पर्ने अडान राखेका खुमलटार स्रोतले जनाएको छ । प्रचण्डको यी नामको बिषयमा प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नदिएको स्रोतले बताउँछ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पूर्वमाओवादी र पूर्वएमाले भन्दै मन्त्रिपरिषद बिस्तारमा हटाउने र समावेश गर्ने काम पार्टी एकताबिपरित हुने भन्दै त्यसो नगर्ने अडान लिएका छन् । मन्त्रिपरिषद पुनर्गठनमा सहमति नभए प्रधानमन्त्री ओली रिक्त रहेको तीन मन्त्री मात्रै थप्ने योजनामा रहेका छन् ।
हाल अर्थ, सञ्चार र सहरी बिकाश मन्त्रालय नेतृत्वबिहीन रहेको कारण प्रधानमन्त्री आफैले राखेका छन् । प्रधानमन्त्री ओली महासचिव बिष्णु पौडेललाई अर्थमन्त्री बनाउने र बाँकी मन्त्रालयमा सुरेन्द्र पाण्डे र जनार्दन शर्मालाई बनाउने योजनामा रहेका स्राेत बताउँछ ।
स्रोतका अनुसार अर्थमन्त्रीमा महासचिव बिष्णु पौडेल नियुक्त गरेको खण्डमा कार्यकारी अध्यक्ष प्रचण्डले महासचिवबाट हटाउनु पर्ने प्रश्ताव अघि सारेका छन् । प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई अर्थमन्त्री बनाएपछि महासचिवबाट हटाउने योजनाका साथ प्रचण्ड अघि बढेका स्राेत बताउँछ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend