Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रिक्त रहेका तीन मन्त्री तत्काल नियुक्त हुने


    बिहिबार, असोज २२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त गर्ने तयारीमा जुटेका छन्। स्राेतका अनुसार प्रधानमन्त्री रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहकारी विकासगरी तीन मन्त्री तत्काल नियुक्त गर्ने भएका छन्। तर, औपचारिक पुनर्गठन भने दशैं तिहारपछि मात्रै हुने स्राेतकाे भनाइ छ

    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच बिहीबार भएको छलफलमा रिक्त रहेका तीन मन्त्री तत्काल नियुक्त गर्ने समझदारी भएको प्रधानमन्त्री निकट स्राेतले जानकारी दिएकाे छ। 

    अहिलेसम्म अर्थमन्त्रीमा पार्टी महासचिव विष्णु पौडेल हुने पक्कापक्कीजस्तै भएको ती स्थायी कमिटी सदस्यले बताए। तर, सहरी विकास मन्त्रीमा भने कृष्णगोपाल श्रेष्ठ र सुरेन्द्र पाण्डेमध्ये एक जना हुने सम्भावाना रहेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ। यद्यपि पाण्डेले सार्वजनिक रुपमा अर्थ मन्त्रालय नपाए सहरी विकास मन्त्री नहुने बताइसेका छन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार