Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, तोलाको कति पुग्यो?


    बिहिबार, कार्तिक २ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। स्थानीय बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

    लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि गत साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

    आज सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रुपैयाँ बढी हो।

    अघिल्लो दिन अर्थात् बुधबार तोलामा एक हजार तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    बिहीबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।

    यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार तीन सय ९५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    बुधबार चाँदी प्रतितोला १ हजार चार सय १० रुपैयाँमा कारोबार भएको थियो। याे मूल्य अघिल्लो दिनकाे तुलनामा प्रतितोला १५ रुपैयाँ घटेकाे हाे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार