Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले भने- हामीसँग वीरता पनि छ, त्यसैसँगै मिसिएको मूर्खता छ


    बुधबार, कार्तिक १ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाण्डु। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान् पूर्खाको सन्तानलाई हत्तपत्त कसैले हेप्न नचाहने टिप्पणी गरेका छन् ।

    राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीसँग वीरता र मूर्खता दुवै भएको दाबी गरे ।

    उनले भने, ‘यो नेपाली हो भनेपछि हत्तपत्त हेप्न चाहँदैन । किनभने मूर्ख–मूर्ख छ है भनेर । हामीसँग २ वटा कुरा छ – हामीसँग वीरता पनि छ, त्यसैसँगै मिसिएको मूर्खता छ । त्यसैकारण अंग्रेजसँग हार्छाैं,’ उनले भने, ‘उसले आइजो भन्छ, उसको सेनामा अन्यत्र गएर लड्न थाल्छौं । अलिअलि मूर्खता झल्किन्छ । कसका विरुद्ध किन लड्ने भन्ने थाहा नभएको देखिन्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार