विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले सहकार्य गर्न नमानेपछि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको गुनासो गरेका छन् ।
प्रदेशमा कुनै पनि दललाई बहुमत नभएकाले आपसमा सहकार्य गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले कांग्रेस र माओवादीले सहकार्य गर्न नमानेपछि कांग्रेसको एक समूहसँग सहकार्य गरेको बताएका हुन् ।
‘कांग्रेसको संस्थापनपष तयार भएन हामीसँग सहकार्य गर्न, हामीलाई स्वीकार्न तयार भएन, माओवादी हामीलाई स्वीकार्न तयार भएन’ उनले भने, ‘जो आउँदा पनि हामी सहयोग गर्न तयार छौं भनेर खुला रुपमा नै भनेका थियौं । अन्तिम दिनमा केदार कार्कीजीले सहयोग माग्नुभयो, हामीले सहयोग गर्यौं ।’
उनले आफूहरुले गल्ती नगरेको र संविधान अनुसार नै काम गरेको बताए । ने्ता कार्कीले गल्ती भएको भए सार्वजनिक ठाउँमा उभिएर माफी माग्न तयार भएको पनि बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend