Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा अलपत्र परेका नेपालीको लागि खोलिएन सिमा नाका


    बिहिबार, चैत्र २० २०७६
    705
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतीय भुमीमा अलपत्र रहेका नेपालीको लागि सीमा नाका नखोल्ने भएको छ । सर्वोच्च अदालतले भारतीय भूमिमा सीमा नाका सञ्चालनको लागि अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै  सीमा नाका नखोलिने भएको हो । 

    बिहीबार न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सीमा नाका निर्वाध सञ्चालनका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले सर्वोच्चले अन्तरिम आदेशका लागि २४ गते दुबै पक्षलाई छलफलमा बोलाएको  जानकारी दिए ।

    रिट निवेदक श्रेष्ठले नेपाल प्रवेश गर्न सयौं नेपाली नागरिक भारतीय भूमिमा पर्खेर बसेको भन्दै सीमा नाका निर्वाध सञ्चालनका लागि अन्तरिम आदेश माग गरेका थिए ।

    सर्वोच्च सीमा नाका सञ्चालन गर्न अन्तरिम आदेश माग गर्दै यसअघि पनि रिट दायर भएको थियो । उक्त रिटमा २४ गते सुनुवाई हुँदैछ । दुबै एकै प्रकृतिको विषय भएकाले एकै दिन सुनुवाई हुने ढकालले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार