Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै


    बुधबार, कार्तिक १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विराटनगर । कोशी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री केदार कार्कीले बुधबार (आज) विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

    मंगलबार (हिजो) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।

    संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    उनलाई एमालेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् । राप्रपा र जसपाले भने विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्न बाँकी छ ।

    विश्वासको मत प्राप्त गरेपछि सरकार विस्तार गर्ने कार्कीको तयारी छ । उनले कति सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने र कुन-कुन दललाई सहभागी गराउने भन्ने टुंगो भने लागिसकेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार