Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज नेप्सेमा हरियाली, कारोबार रकम कति ?


    मंगलबार, असोज ३० २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । अघिल्लो दिन सोमबार २३ दशमलव १६ अंकले घटेर बन्द भएको सेयर बजारमा आज हरियाली छाएको हो ।

    आज नेप्से परिसूचक १३ दशमलव १८ अंकले बढेर १८६४ दशमलव ६२ विन्दुमा पुगेको छ । मंगलबार २८९ कम्पनीको ४५ हजार ४ सय ५६ पटकको कारोबारमा ३८ लाख १३ हजार २ सय ३३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १ अर्ब ८४ लाख ३७ हजार रहेको छ ।

    कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०८ अंकले बढेर ३५८ दशमलव ८३ विन्दुमा पुगेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार