काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरू गरेको छ । जसअनुसार व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमबार काठमाडौंमा ल्याएसँगै मंगलबारदेखि सहुलियत मूल्यमा बिक्री सुरू गएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले बजार मूल्य भन्दा केही सस्तो मूल्यमा जनतालाई सहुलियत रुपमा खसीबोका बिक्री गर्न लागेको बताए ।
उनले भने, ‘यो वर्ष सरकारले २ हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउने बजेट थियो । त्यही बजेट अनुसार हेटौडाबाट र तुलसीपुर दाङबाट खसी बोका खरिद गरेर ल्याई रहेका छौं । धेरै जसो आईपुगि सकेको छन् । त्यस्तै च्याङ्ग्रा पनि आइसकेका छन् । खसीबोका र च्याङ्ग्राको मूल्यको कुरा गर्दा ढुवानी भाडामा वृद्धि भए पनि जनतालाई सहुलियत होस् भनेर गत वर्षकै दरमा हामीले मूल्य निर्धारण गरेका छौं ।’
उनले यो वर्ष ढुवानी भाडा महँगो भएपनि मूल्य वृद्धि नगरिएको बताए । उनले विगतको वर्षको जस्तै प्रतिकिलो जिउँदो खसीबोका र च्याँग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर बिक्री गर्न लागेको बताए ।
‘खाद्यले खसी बोका खरिद गर्दा भेटनरी डाक्टरको रोहवरमा खरिद गछौं । खाद्यमा आइपछि डाक्टरले चेकजाँच गर्नु हुन्छ । अस्वस्थ खसी बोका भए बिक्रीवितरण गर्दैनौं । हेटौडा र दाङबाट ल्याएका खसीबोकाको रङ फरक लगाएका छौं ।
उनले कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ५० रुपैयाँ प्रतिकिलो तोकिएको बताए । साथै उनले खाद्यले यो वर्ष पनि २ हजार खसीबोका र १ हजार च्याङ्गा ल्याएको बताए ।
‘बजारमा खसीको ७ सय रुपैयाँ माथि छ तर हामीले ६७० रुपैयाँमा दिएका छौं । सरकारले बजारको मागलाई भन्दा पनि बजार मूल्य वृद्धि हुन नदिनको लागि आफै खसी बोका खरिद गरेर बिक्रीवितरण गरिएको हो । दशैँमा सबै खसीबोका र च्याङ्ग्रा बिक्री नभएसम्म बिक्री गर्छौं ।’
उनले खाद्यले ल्याएका खसीबोका स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले स्वस्थ रहेको बताए । प्रमुख कार्यकारी अधिकृत चन्दले यो वर्ष हेटौंडा र तुलसीपुरबाट खसीबोका र रसुवाबाट च्याङ्ग्रा ल्याएको बताए ।
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend