Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले त्यागेर पति प्रभुको पार्टीमा लागेपछि रौतहट मौलापुरकी मेयरको पद रिक्त


    मंगलबार, असोज ३० २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख(मेयर) रीना कुमारीको पद हातबाट उम्किएको छ ।

    दल त्याग सम्बन्धी ऐन बमोजिम एमालेबाट निर्वाचित मेयर साह अन्य दलमा प्रवेश गरेको भनी सो पार्टीले गरेको निर्णयबमोजिम मेयर साहको निर्वाचित भएको पद स्वतः रिक्त भएको निर्वाचन आयोगले जनाएको हो ।

    २०७९ वैशाखको निर्वाचनमा एमालेबाट निर्वाचित भएकी साह उनका पति प्रभु साहले एमाले छाडेर आम जनता पार्टी खोलेपछि पार्टीको सम्पर्कमा थिइनन् । उनलाई पटकपटक स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएपछि एमालेले कारबाही गरेको हो ।

    साह यसअघि पनि माओवादीबाट सोही नगरपालिकामा मेयर थिइन् । उनी एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरे पनि अदालतले उनलाई मेयरमा पुनर्वहाली गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार