Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामनवमीमा किन सुनसान बन्यो हलेसी क्षेत्र ?


    बिहिबार, चैत्र २० २०७६
    765
    Shares
  • २ मिनेट पाठ
  • खोटाङ– खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा सदियौंदेखि लाग्दै आएको रामनवमी मेला स्थगन भएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण लकडाउन लागु भएसँगै उक्त क्षेत्र सुनसान बनेको थियो । 
    हलेसी क्षेत्रमा रामनवमीको केही दिन अघिदेखि हप्ता दिन पछिसम्म मेला लाग्ने र बाक्लो चहलपहल हुने गरेतापनि यस वर्ष सुनसान बनेको छ । 
    यस वर्ष रामनवनीको अवसरमा बिहिबार बिहान परापुर्वकदेखि चल्दै आएको महादेव र पार्वतीलाई गहना पहिराएर आरती गर्ने काम मात्र गरिएको छ।

    हरेक मेलाको दिन खचाखच हुने हलेसीमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, हलेसी महादेवस्थान बिकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेल, मन्दीर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राई लगायत गुफामा प्रवेश गरेर गहना पहिराउने र आरती गराएका छन्। हलेसीमा मेला रोकिएको पहिलो घटना भएको मेयर राईले बताए।

    ‘संकटको सामना गर्दै विगतका वर्ष भन्दा सानो समूहले पराम्पराको निरन्तरताका लागि हलेसी महादेव र पार्वतीलाई गहना पहिराउने कार्य भएको छ,’ मेयर राईले भने, ‘हलेसीमा मेला रोकिएको यो सम्भवत पहिलो हो। अहिलेसम्म हलेसीको मेला रोकिएको थाहा थिएन।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार