काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्सोसार, उधौली लगायत चाडपर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।
पूर्वप्रधानमन्त्री खनालले मंगलबार भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै नेपालीहरुको अग्रगमन र प्रगतिको कामना गरेका हुन् ।
उक्त शुभकामा सन्देशमा उनले नेपालको अवस्थाको पनि चित्रण गरेका छन् । ‘हाम्रो देश यति बेला विभिन्न कारणले अनेक खालका संकटहरुबाट अगाडि बढिरहेको छ’ उनले भने । पूर्वप्रधानमन्त्री खनालले चार वटा संकट औंल्याए । ‘राजनीतिक संकट, आर्थिक संकट, सामाजिक/सांस्कृतिक संकट, राष्ट्रियताको संकट सबै बढिरहेको छ’, उनले भने ।
देशमा मूल्यवृद्धि भइरहेको, महँगी बढिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा आम श्रमिक जनताले चाडपर्वहरु कसरी मनाउने होला भन्ने परिस्थितिको सामना गर्नुपरेको बताए । जुनसुकै अवस्थामा भए पनि चाडपर्व खुसियालीका पर्व भएकाले जस्तोसुकै अवस्थामा खुसी साटासाट गरेर मनाउनुपर्ने र यसैगरी समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने बताए ।
साथै नेपालमा वर्तमानमा देखा परेका सबै समस्या, विकृति, विसंगतिहरु दलाल पूँजीवादी व्यवस्थाले सिर्जना गरेको उल्लेख गर्दै उनले समाजवादी समाज निर्माण गर्नका लागि प्रयत्न भइरहेको बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend