sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा एउटा चलखेल रोके पनि अर्को चलखेल भएको दाबी गरेका छन्।
आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइराला बसेर गठबन्धनप्रति दृढ रहेको सहमति गरे पनि कोशी मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेलाई पनि मन्त्री बनाएर चलखेल भएको दाहालले बताए।
‘एमालेले गरेको चलखेल रोकियो भन्ने ठानेको त हिजो फेरि अर्को चलखेल भयो। हामीले मुख्यमन्त्रीलाई विश्वासको मत लिनुअघि कांग्रेसको एक मात्रै मन्त्री बनाउने भनेको त फेरि एमालेको मन्त्री त्यहाँ छिराइहालेछन्,’ सुदूरपश्चिम प्रदेशमा सोमबार समाजवादी मोर्चाको सन्देश सभामा दाहालले भने, ‘आज फेरि त्यसलाई हामी करेक्सन गर्दैछौं, करेक्सन त हुन्छ। जित्नलाई यही गठबन्धनले जित्छ।’
आफूहरू रहेको गठबन्धनलाई भत्काउन पटक-पटक चलखेल भए पनि परास्त गरिएको उनले दाबी गरेका थिए। ‘पाँच वर्ष यही गठबन्धन जान्छ, कसैले हेलाउन सक्दैन। चलखेल गर्नेहरू सफल हुँदैनन्,’ उनले भने।
उनले कांग्रेस र एमालेभित्रको गतिविधिबारे पनि कुरा गरेका थिए।
‘पहिलोचोटि एमालेभित्र ठूला चिरा परेको देखिएको छ। हामीले राम्रो बुद्धि पुर्याउने हो भने त्यसलाई सदुपयोग गर्ने सम्भावना बढेको छ,’ उनले भने, ‘कांग्रेस त पार्टी हो कि मञ्च हो कि मोर्चा हो बुझिसाध्य छैन। अस्तो कोशीमा देखिइहाल्नुभयो। कोशीमा दुई गठबन्धन बने। हाम्रो एउटा, एमाले र असन्तुष्ट कांग्रेसको अर्को, लाजमर्दो। यसलाई के गरी हल गर्ने भनेर म, देउवा र शेखर बसेर गठबन्धनमा दृढ छौं, कमजोर पार्न दिने छैनौं भनेर हस्ताक्षर गरियो। यति गरेपछि एमालेले गरेको चलखेल त्यहीँ रोकियो भनेको त हिजो फेरि अर्को चलखेल भयो।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend