Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चट्याङमा परी एक महिला घाइते 


    बिहिबार, चैत्र २० २०७६
    850
    Shares
  • १ मिनेट पाठ
  • ताप्लेजुङ । ताप्लेजुङमा गएरातिको  चट्याङमा परी एक महिला घाइते भएकी छिन्र । र्घाइते हुनेमा सिरिजङ्घा गाउँपालिका वडा नं ८ याम्फुदिनकी रिता शेर्पा हुन । 

    आफ्नै घरमा बसिरहेको बेला परेको चट्याङ लागेर उनी घाइते भएकी हुन्। शरिरका बिभिन्न भाग डढेका कारण स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई याम्फुदिनबाट ताप्लेजुङ सदरमुकाम ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले बताए।

    यस्तै चट्याङले याम्फुदिनकै सोम माबोको घरमा आगलागी भएको छ। चट्याङका कारण माबोको घरमा एक्कासी आगो उठेको थियो। आगलागीबाट करिब ५ लाख मूल्य बराबरको क्षति भएको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार