Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यो सातामा प्रतितोला २८ सयले बढ्यो सुनको मूल्य


    शनिबार, असोज २७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्यले वृद्धि भएर सुनको कारोबार भएको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ८०० रुपैयाँ थियो । यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम छ ।

    सुनको मूल्य बढेको साता चाँदीको मूल्यमा समेत तोलामा ३५ रुपैयाँको वृद्धि आएको छ । महासंघकाअनुसार गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारमा चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार