ललितपुर । पूर्व प्रहरी अधिकृत सीताराम हाछेथुलाई नगर प्रहरीको नेतृत्वमा ल्याएपछि ललितपुर महानगरपालिका क्षेत्रको अब्यवस्थित पार्किङ र जथाभावी राखिएका होर्डिङबोर्ड हटाउने अभियान नै सुरु गरेको छ । महानगरपालिकालाई ब्यवसाय कर नतिर्ने रेष्टुरेन्ट लगायतका ब्यवसायीका बोर्ड समेत नगर प्रहरीले हटाएको छ ।
प्रहरीले फुटपाथमा पार्किङ गर्न र पसल राख्न रोक लगाएको छ । ललितपुर महानगरको नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै नगर प्रमुख हाछेथुले नगरका प्रत्येक टोल टोलमा सचेतना जगाउदै सडकलाई पार्किङ नबाउँ, सडकमा पसल राखेर बाटोमा अबरोध नपुरयाउँ भन्दै सचेतना कार्यक्रमका साथ साथै सडकमा फुटपाथ पसल र सहर नै कुरुप पारी राखिएका होर्डिङ बोर्ड हटाएका छन् ।

होर्डिङ हटाएपछिको सुन्दर ललितपुर महानगर
प्रहरीमा कार्यरत रहँदा ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका पूर्व ट्राफिक प्रहरी निरीक्षक हाछेथुले ललितपुर महानगरको फुटपाथ ब्यवस्थापन लगायत ललितपुर महानगरलाई व्यवस्थित सहर बनाउने अभियान सुरु गरेको बताएका छन् ।
ब्यवसायीहरुले महानगरपालिकाले बोर्ड नै हटाएर ज्यादति गरेको गुनासो गरेकोबारेमा हाछेथुले महानानगरपालिकालाई कर नतिरेका र बाटोका आवत जावत गर्न अप्ठारो हुने खालका बोर्ड हटाइएको हो । ब्यवसाय गरेपछि कर त तिर्नुपर्छ नि ?