काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारको लागि तरकारी तथा फलफूलको मुल्य तोकेको छ ।
जस का अनुसार भारतीय गोलभेडाको औसत मूल्य प्रतिकेजी ३२ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ५० रुपैयाँ २० पैसा, रातो आलु ६२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ ७५ पैसा, मुडेको रातो आलु ४६ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ, सुकेको प्याज ७३ रुपैयाँ ८० पैसा, लोकल गाजर १०५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९६ रुपैयाँ, लोकल बन्दा, सेतो मूला, लाम्चो भन्टा र परवर ४५ रुपैयाँ, रातो मूला ७५ रुपैयाँ, तने बोडी ११६ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, मटरकोशा २१० रुपैयाँ, सिमी ६५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, तितो करेला ६४ रुपैयाँ, भटमासकोशा, लौका, डल्लो हरियो फर्सी, सखरखण्ड, पिंडालू, अमला र हरियो तरबुजा ६६ रुपैयाँ ६७ पैसा, घिरौला १०५ रुपैयाँ, झिगूनी ५५ रुपैयाँ, भिण्डी ८४ रुपैयाँ, स्कूस १३ रुपैयाँ, रायोको साग ११५ रुपैयाँ, हरियो प्याज ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६४ रुपैयाँ, डल्ले च्याउ ३२८ रुपैयाँ, कुरीलो ५५० रुपैयाँ, न्यूरो ७५ रुपैयाँ, ब्रोकाउली २३५ रुपैयाँ, चुकुन्दर ६५ रुपैयाँ, सजिवन १९० रुपैयाँ, सेलरी ३५० रुपैयाँ, पुदीना ५५० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, कागती २०० रुपैयाँ, लोकल काक्रो ८६ रुपैयाँ, किवि ३०० रुपैयाँ, शरीफा १७५ रुपैयाँ र अकबरे खुर्सानी र अभोकाडो २५० रुपैयाँ र अदुवा १४४ रुपैयाँ तोकिएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend