काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान भएका खेलमा अर्जेन्टिना विजयी भएको छ भने ब्राजिल बराबरीमा रोकिएको छ।
घरेलु मैदानमा पाराग्वेविरुद्ध उत्रिएको अर्जेन्टिना १-० गोलले विजयी भयो । अर्जेन्टिनाका निकोलास ओटामेन्डीले निर्णायक गोल गरे । खेल सुरू भएको तेस्रो मिनेटमै उनले रोड्रिगो डी पलको पासमा गोल गरेका थिए । चोटबाट गुज्रिरहेका लियोनल मेस्सीलाई दोस्रो हाफमा मैदान प्रवेश गराइएको थियो ।
छनोट प्रतियोगितामा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको हो । ३ खेलबाट ९ अंक भएको अर्जेन्टिना तालिकाको शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको ब्राजिलको ३ खेलबाट ७ अंक छ । शुक्रबार बिहान भएको अर्को खेलमा ब्राजिलले भेनेजुएलासँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा उत्रिएको ब्राजिलले ५०औं मिनेटमा गाब्रियल जिससको गोलमा अग्रता लिएपनि भेनेजुएला बराबरीमा फर्किएको थियो । ८८औं मिनेटमा एडुवार्ड बेल्लोले खेल बराबरीमा ल्याएका थिए।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend