Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • मेस्सीलाई आराम दिइएको खेलमा अर्जेन्टिनाको सहज जित


    बुधबार, भाद्र २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। विश्वकपको दक्षिण अमेरिकी महादेशको छनोटमा अर्जेन्टिनाले बुधवार बिहान बोलिभियालाई ३-० गोलले हराएको छ।

    अर्जेन्टिनाका इन्जो फर्नान्डेज, निकोलास टाग्लियाफिको र निकोलास गोन्जालेजले गोल गरे । एन्जेल डे मारियाले दुई गोलमा असिस्ट गरेका थिए।

    यो खेलमा नियमित कप्तान लियोनल मेस्सीलाई आराम दिइएको थियो। गत साता भएको विश्वकप छनोटकै खेलमा अर्जेन्टिनाले १-० गोलको जित हात पार्दा मेस्सीले निर्णायक गोल गरेका थिए।

    अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा लगातार १२ औँ खेल जितेको हो। उसले पछिल्ला ४९ खेलमा केवल एउटा खेलमा मात्र हार ब्यहोरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार