Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाबुरामले मागे शहीदसँग माफी, कारण यस्तो छ


    बुधबार, असोज २१ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । माओवादी जनयुद्धका रचयिता तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रदेशहरुको नामामा असन्तुष्टि जनाएका छन्। नेपालका प्रदेशहरुका नाम जातीय आधारमा नभएकोमा उनको असन्तुष्टि रहेको हो।

    उनले यसरी जातीय राज्य बनाउन नसक्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोषी ठहर्‍याउँदै उनलाई श्री ७ को संज्ञा दिएका छन् । 

    ‘हिजो मगरात, तमुवान, तामसालिङ, नेवा स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी, गण्डकी, बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो मरेर शहीद हुनेहरू हो बाँचेर त हेर। बाँच्न झन् गाह्रो छ,’ बुधबार बाबुरामले ट्वीट गर्दै भनेका छन्, ‘सरि लली रोका, सुरेश वाग्ले।’

    मंगलबार प्रदेश ५ को सभाले प्रदेशको नाम लुम्बिनी राखेको थियो। तर सो नामको प्रस्तावमा जनता समाजवादीका सांसदहरुले जातीय आधारमा नामाकरण गर्नुपर्ने भन्दै संशोधन दर्ता गराएका थिए। 

    तर लुम्बिनी नाम राख्ने पक्षमा सत्तारुढ नेकपा र विपक्षी नेपाली कांग्रेसले मतदान गरेका थिए। प्रदेशसभाका ८७ मध्ये ८३ सांसदले मतदान गरेकोमा ७९ सांसदले लुम्बिनीका पक्षमा मत दिएका थिए। विपक्षमा जम्मा चार मत खसेको थियो।

    भट्टराईले प्रदेशका नाम भूगोल र नदीका पहिचानले मात्रै किन राखिएको भन्ने प्रश्नसमेत उठाएका छन्।
    ‘हाम्रा प्रदेशका नाम नदी वा भूगोलको पहिचानमा मात्र राख्ने पर्ने तर विविध जाति, भाषाको पहिचानमा राख्न नहुने? यो कहाँको मार्क्सवाद/लोकतन्त्र/संघीयता हो?’ उनले प्रश्न गरेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार