Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सुदूरपश्चिम अध्यक्षका प्रत्याशी कमल तिमिल्सिनाले फिर्ता लिए उम्मेदवारी


    बुधबार, असोज २४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमाले सुदूरपश्चिमा अध्यक्षमा प्रत्याशी कमल तिमिल्सिनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

    उनले कृष्णप्रसाद जैसीलाई सहमतिको अध्यक्ष बनाउन आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

    ‘अरू प्रदेशमा चुनाव भयो। यहाँ विभाजित भएर नजाऔं। सहमतिमा नेतृत्व छानौं भनेर नेतृत्वले भन्नुभयो। मैले उहाँहरूको निर्देशन पालना गर्दै उम्मेदवारी फिर्ता लिएँ,’ उनले नेपालफेससँग भने।

    अध्यक्षका प्रत्याशी भरत साउद र बचन सिंहले उम्मेदवारी फिर्ता लिएका छैनन्। उनीहरूसँग पनि सहमतिका लागि संवाद भइरहेको तिमिल्सिनाले बताए।

    अध्यक्षका प्रत्याशी साउद, सचिवका प्रत्याशी रतनराज रेग्मी र उपसचिवका प्रत्याशी नरबहादुर बिकले सामुहिक विज्ञप्ति निकालेर सहमतिका नाममा भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। उनले विधिमार्फत् नेतृत्व छान्न र प्रतिनिधिलाई विवेक प्रयोग गर्न दिन भनेका छन्।

    स्रोतका अनुसार अध्यक्ष मण्डलले केन्द्रको निर्देशनअनुसार चुनाव नगरी सर्वसम्मत नेतृत्व छान्ने प्रयास हिजो राति अबेरसम्म गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार