Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • कांग्रेसले कोसीमा उद्धव थापाकै नेतृत्वमा सरकार बनाउन निर्णायक पहल गर्दै


    मंगलबार, असोज २३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने गरी निर्णायक पहल गर्ने विषयमा छलफल थालेको छ।

    आज बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको पार्टीको पदाधिकारी, पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठकमा राप्रपाको समेत सहयोग लिएर सरकार बनाउन पहल गर्ने विषयमा छलफल भएको हो ।

    छलफलबारे जानकारी दिँदै बैठकमा सहभागी पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीभित्र पात्र फेरेर मुख्यमन्त्री बनाउने विषयमा छलफल नभएको जानकारी दिए ।

    “प्रदेश संसदीय दलका नेताको विकल्प खोजेर सरकार बनाउने कुरा अन्य दलले बजार हल्ला चलाएका हुन् । पार्टीभित्र यो विषयमा मतभेद छैन । संसदीय दलको नेताको विकल्प खोज्ने हैन कि अहिलेको गठबन्धनमा राप्रपालाई पनि लिएर सरकार बनाउन पहल गर्ने कुरा भएको छ,” विश्वकर्माले भने, “यो निर्णय गर्ने बैठक हैन । हामीले हाम्रै नेतृत्वमा सरकार बनाउने गरी पहल अघि बढाउने छलफलको प्रारम्भिक चरण अघि बढाएका हौँ ।”

    कांग्रेसको नेतृत्वमा सरकार बनाउन राप्रपासँग ‘स्टेप बाई स्टेप’ संवाद गर्ने तयारी भएको उनले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार