खोटाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले केन्द्रमा दुई ठूला पार्टीबीच एकीकरण भएको झण्डै दुई वर्षपछि पूर्णता पाएको छ । केन्द्रमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भएको लामो समयपछि जिल्लाका दशवटै स्थानीय तहको इन्चार्ज र सह–इन्चार्जलगायत सबै जनवर्गीय सङ्गठनको जिम्मेवारीसमेत टुङ्ग्याएको हो । नेकपाको पालिकास्तरीय समितिको अध्यक्ष र सचिवको टुङ्गो लगाएको लामो समयपछि यही असोज १८ र १९ गते बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुङ्ग्याउनेक्रममा पालिकास्तरीय समितिको इन्चार्ज र सह–इन्चार्जको टुङ्गो लगाएको जनाएको छ । बैठकपछि नेकपा खोटाङले मङ्गलबार पुष्पलाल स्मृति भवनमा पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा सचिवालय समितिको बैठकले पारित गरेको निर्णयहरु सार्वजनिक गरेको छ ।
पार्टीको प्रचार विभाग प्रमुख जीवन राई (सङ्गीन)ले दिनुभएको जानकारी अनुसार ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई इन्चार्ज र गिरेन्द्रबहादुर राईलाई सह–इन्चार्ज, केपिलासगढी गाउँपालिकामा गृहबहादुर राईलाई इन्चार्ज र रुद्रकुमार राईलाई सह–इन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा हस्तबहादुर राईलाई इन्चार्ज र अकिल राईलाई सह–इन्चार्ज, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्यलाई इन्चार्ज र सन्तोष राईलाई सह–इन्चार्ज तथा साकेला गाउँपालिकामा बिर्सिका राईलाई इन्चार्ज र दिलकुमारी राईलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा चर्च विश्वकर्माले इन्चार्ज र इन्द्र दङ्गालले सह–इन्चार्ज, जन्तेढुङ्गा गाउँपालिकामा देवी रेग्मीले इन्चार्ज र वीरबल राईले सह–इन्चार्ज, खोटेहाङ गाउँपालिकामा राजन बञ्जराले इन्चार्ज र इन्द्र नारथुङ्गेले सह–इन्चार्ज, रावाबेँसी गाउँपालिकामा उदयबहादुर कार्कीले इन्चार्ज र सीताराम अधिकारीले सह–इन्चार्ज तथा बराहपोखरी गाउँपालिकामा निशाना राईले इन्चार्ज र दिलबहादुर राईले सह–इन्चार्जको जिम्मेवारी पाउनुभएको छ ।
नेकपाले क्षेत्रीय समन्वय समिति क्षेत्र नम्बर १ को प्रमुखमा खडेन्द्र राई र क्षेत्र नम्बर २ को प्रमुखमा दीपक पाण्डे ‘आकाश’लाई जिम्मेवारी तोकेको छ । नेकपाले विभिन्न १८ वटा विभागको जिम्मेवारी पनि बाँडफाँड गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । यसैबीच, नेकपा खोटाङले आफ्नो सदस्यले महिला हिंसा तथा जातीय छुवाछुत गरेको प्रमाणित भए कडाइका साथ कारबाही गर्ने निर्णय गरेको छ । जिल्लाका दलित समुदायले चरणवद्ध रुपमा शुरु गरेको सङ्घर्षका कार्यक्रममा ऐक्यबद्धता जनाउँदै नेकपाले महिला हिंसा र छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भए पार्टीबाट निश्काशन गर्ने र जनप्रनिधिको उम्मेदवार बन्नसमेत बन्देज लगाउने निर्णय गरिएको जिल्ला सचिव रामप्रसाद दङ्गालले जानकारी दिनुभएको छ ।
पार्टी कार्यालयमा दुई दिनसम्म चलेको सचिवालय बैठकले ६० वर्षमुनिका एकल महिला, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति, इन्डियन र ब्रिटिस भूपू आर्मीको सामाजिक सुरक्षा भत्ता कटौति नगर्न माग गर्ने, कोरोनाको सङ्क्रमण रोकथामका लागि जनचेतनामूलक अभियान चलाउने, वडा–वडामा ‘एक कमिटि, एक उत्पादन’को अभ्यास गर्ने, जनचासोका कामलाई प्राथमिकता दिएर श्रमदानमा सरिक हुने, राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि सन्देश प्रवाह गर्ने लगायत निर्णय गरेको जनाएको छ ।रासस
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend