Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुर्खेतमा कोरोनाको नमुना संकलन, दिनमा १० जनाको परिक्षण


    बिहिबार, चैत्र २० २०७६
    595
    Shares
  • १ मिनेट पाठ
  • सुर्खेत । सुर्खेतमा आजदेखि कोरोनाभाइरसको परिक्षणका लागि नमुना संबलन गर्न थालेको छ ।  प्रदेश अस्पतालमा स्थापना भएको जनस्वास्थ्य प्रयोगशालामा विश्वभर फैलिएको कोरोनाको नमुना संकलन गरिएको हो ।  । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मेशिन पठाएपछि कोरोना परीक्षणको काम शुरु गरिएको हो । सुर्खेत प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले कर्णालीका सबै जिल्लाबाट कोरोना आशंका गरिएका व्यक्तिको नमूना संकलन गर्न थालिएको जानकारी दिए । नमुना संकलन हुने वित्तिकै सुर्खेतमै परीक्षण हुने पनि उनले बताए ।

    सरकारले सुर्खेतमा कोरोना परीक्षणका लागि रामकृष्ण श्रेष्ठलाई विशेषज्ञका रुपमा खटाएको छ । उनले एक साता सुर्खेतमै बसेर चिकित्सक तथा ल्याबका कर्मचारीलाई कोरोना परीक्षण गर्नेबारे तालिम पनि सिकाउनेछन ।

    एक दिनमा कम्तीमा १० जनाको परीक्षण गर्न सकिने र एक घण्टामै नतिजा आउने पनि अस्पतालका निर्देशका डा. खड्काले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार