Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यामालले कीर्तिमान बनाउँदा जोगियो बार्सिलोना


    सोमबार, असोज २२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । युवा खेलाडी लामिन यामाल ला लिगाको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बन्दा बार्सिलोनाले दुई गोलले पछि परेको स्थितिबाट ग्रानाडाविरुद्धको खेल बराबरी गर्न सफल भएको छ ।

    १६ वर्ष ८७ दिनको उमेरमा गोल गर्दै यामालले बार्साको पुनरागमनको सुरुवात गरेका थिए । बार्सा खेलको १७ सेकेण्डमा नै पछि परेको थियो । ब्रयान जारागोजाले ग्रानाडालाई अग्रता दिलाएका थिए । उनले २९ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।

    तर, यामालले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सालाई खेलमा फर्काएका थिए । त्यसपछि ८५ औँ मिनेटमा सर्जी रोबर्टोले खेल बराबरी गर्दै बार्सालाई एक अङ्क दिलाए ।

    ९ खेलपछि बार्सा २१ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको रियलभन्दा टोली ३ अङ्कले पछि रहेको छ भने दोस्रो स्थानको जिरोनाभन्दा १ अङ्कले पछि छ । उता, एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २–१ ले हराउँदै लिगको चौथो स्थानमा उक्लिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार