Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसियाली विकास बैंकका पूर्वअध्यक्षले भेटे प्रधानमन्त्री


    आइतबार, असोज २१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसियाली विकास बैंकका पूर्वअध्यक्ष हारुहिको कुरोदाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । पाँचदिने भ्रमणमा रहेका कुरोदाले कार्बन उत्सर्जनको क्षेत्रबाट नेपालले विशेष लाभ लिनसक्ने बताए ।

    जापानको केन्द्रीय बैंकका गभर्नरसमेत रहिसकेका कुरोदाले पर्यावरण जोगाउन नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको यस कार्यमा सघाउन जापान तयार रहेको जानकारी गराए ।

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले वित्तीय सुधारका लागि वर्तमान सरकार क्रियाशील रहेको भन्दै जापान–नेपालको पुरानो सम्बन्ध नेपाल र नेपालीको समृद्धिका लागि थप उपयोग गर्नुपर्ने खाँचो औंल्याए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार