Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेशको नाम र राजधानी टुंग्याएर सकियो प्रदेश ५ सभाको छैठौं अधिवेशन


    मंगलबार, असोज २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रदेशको नाम र स्थायी राजधानीको टुंगो गरेर प्रदेश ५ को छैठौं अधिवेशन अन्त्य भएको छ। २० असोज राति १२ बजेदेखि अधिवेशन सकिएको हो।

    प्रदेशसभाको छैठौं अधिवेशनको अन्तिम बैठकले लामो समयदेखि बाँकी रहेको प्रदेशको राजधानी तोक्ने र नामाकरण गर्ने कार्य गरेको छ।

    प्रदेश ५ को प्रदेशसभाले प्रदेशको राजधानी दाङ र अर्घाखाँचीका पालिकाहरू छोएको दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको छ।

    प्रदेशसभामा आज भएको मतदानमा नाम लुम्बिनी राख्ने पक्षमा ७९ जना र विपक्षमा ४ जनाले मतदान गरेका छन्। त्यसअघि प्रस्तावित राजधानी देउखुरी उपत्यकाको पक्षमा र ६९ मत र विपक्षमा १३ मत परेको थियो।

     प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने सोमबार प्रस्तावित नाम र राजधानीको विरोध गर्दै नाराबाजी र तोडफोड समेत गरेको थियो।  

    सरकारले प्रदेशसभामा दर्ता गराएको नाम र राजधानीको प्रस्ताव पारित गराउनका लागि सत्तारुढ दल नेकपाले ह्वीप नै जारी गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार