Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी, कांग्रेस ५ सांसदले गरे प्रस्तावको पक्षमा मतदान


    मंगलबार, असोज २० २०७७
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रुपन्देही । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्र कायम भएको छ। प्रदेशसभामा पेश भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।

    प्रदेशसभामा भएको मतदानमा बैठकमा उपस्थित ८२ मध्ये राजधानी दाङ कायम गर्ने पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो।

    प्रदेशसभाका सभामुख पूर्ण घर्ती मगरले अस्थायी राजधानी बुटवलको संसद भवनबाट दाङको देउखुरी दुईतिहाइ बहुमतले स्थायी राजधानी कायम भएको घोषणा गरे। 

    यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देउखुरीलाई राजधानी बनाउने प्रस्तावमा मतदान गर्नका लागि ह्‍वीप जारेको थियो । यस्तै प्रतिपक्षी नेपाली कांग्रेसले प्रस्तावको विपक्षमा मतदान गर्नका लागि ह्‍वीप गरेको थियो ।

    तर कांग्रेसका सांसदले ह्‍वीप उल्लंघन गर्दै प्रस्तावको पक्षमा मतदान गरेका हुन् । 

    नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्तावको पक्षमा, कांग्रेसका डिल्ली चौधरी, अर्जुन श्रेष्ठ, शंकर गिरी, भुवनेश्वर चौधरी, मो याकुव अन्सारीले पनि सरकारकै पक्षमा मतदान गरेका छन्।

    यस्तै कांग्रेस सासद सुरेन्द्र हमाल अनुपस्थित छन्। यसअघि कांग्रेसका रमा अर्याल र पुष्पा थरुनी र जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएपछि मतदान सुरु भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार